विराटनगर : कोशी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको बर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।
यस्तै, बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ । यसैगरी कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
साथै, बैठकले वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई हार्दिक धन्यवाद दिने प्रस्ताव बैठकले पास गरेको छ।














Discussion about this post