भोजपुर : भोजपुर सदरमुकाममा सञ्चालित दुई दिने बहुविषयक अनुसन्धानमूलक राष्ट्रिय कार्यशालामा विभिन्न नौ वटा कार्यपत्र प्रस्तुत गर्दै सम्पन्न भएको छ ।
भोजपुर बहुमुखी क्याम्पसअन्तरगत अनुसन्धान व्यवस्थापन एकाई (आरएमसी)द्वारा सञ्चालित कार्यशालामा विषयगत कार्यपत्र प्रस्तुत भएका हुन् ।
वृहत बहसका लागि सबै पक्षको सहभागितामा भएको कार्यशालामा बहुविषयक अनुसन्धात्मक कार्यपत्र प्रस्तुत भएका क्याम्पस प्रमुख एवं सहप्राध्यापक डा. पर्वतकुमार राईले बताए ।
कार्यशालामा क्याम्पस प्रमुख राईसहित महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक अनिल अधिकारी, भोजपुर क्याम्पसका प्राध्यापक प्रकाश राई, उत्तमसिंह राई, रिञ्जु शेर्पा, बाबुराम ओझा, शिक्षण सहायक चन्दन कटवाल, शरणकुमार राई, पिएचडी स्कलर चक्रबहादुर कार्कीद्वारा विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गरिएको थियो ।
नेपाली तीज गीतमा नारी पहिचान, वाणिज्य बैंकको अवस्था, कविताको सन्दर्भ, अर्थ र विश्लेषणका आधार, नेपाली राजनीति र नारीशक्ति, जीविकोपार्जका रूपमा टेम्पो ड्राइभिङ, शिक्षक अभ्यासमा सूचना प्रविधिको प्रयोग, उच्च तह (क्याम्पस) शिक्षणमा एआईको प्रयोग र शेर्पा समुदायका विषयमा कार्यपत्र प्रस्तुत भएका क्याम्पस प्रमुख राईले जानकारी दिए ।
प्रस्तुत गरिएका कार्यपत्रमाथि सहभागीले सुझाव र टिप्पणी गरे ।
तयार पारिएका विषयगत कार्यपत्रको प्रस्तुतिले प्राज्ञ अनुसन्धानकर्ता र सरोकार भएका सम्पूर्ण पक्षबीच बृहत छलफल गरी उत्कृष्ट र तथ्यपूर्ण निष्कर्षमा पुगिएको आरएमसीका क्याम्पस संयोजक डा. रवीन्द्रकुमार सिंहले बताए ।
कार्यशाला समापन कार्यक्रममा सहभागीले हरेक क्षेत्रमा अनुसन्धान जरुरी रहेको बताउँदै कार्यशालामा प्रस्तुत भएका विषयले थप अनुसन्धानमा मद्दत पु¥याउने बताएका थिए ।
अनुसन्धानमूलक विषयलाई विस्तार गर्न यस्ता कार्यशालालाई आगामी दिनमा पनि निरन्तरता दिन जरुरी रहेको सहभागीले जोड दिए ।














Discussion about this post