इटहरी : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम जेष्ठ ५ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।
कोशी प्रदेश सरकारको आइतबार (आज) बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
सरकारको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।














Discussion about this post