इटहरी : मोरङमा कोशी प्रदेशका चार जना सांसद सवार गाडी दुर्घटनामा परेको छ ।
कोशी प्रदेशका चार जना प्रदेशसभा सदस्य सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको हो।
झापाबाट विराटनगरतर्फ आउँदै गरेको गाडी विपरीत दिशाबाट आएको कारसँग ठोक्किँएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा परेको गाडीमा प्रदेशसभा सदस्य नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । सांसद सवार बिएइ १४०६ नम्बरको गाडीलाई बा ५ च ३५२० नम्बरको रातो कारले ठक्कर दिएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। सांसद मैया श्रेष्ठ नेपाली कांग्रेसकी सांसद हुन् ।
राधाकृष्ण खनाल एमालेका सांसद हुन् भने नम्बरलाल धिमाल झापाकै एमालेबाट समानुपातिक सांसद हुन् । विद्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् ।
Discussion about this post