इटहरी : झापा, मोरङ र धनकुटाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले झापाको बिर्तामोड नगरपालिका २ का ३८ वर्षीय चन्दन राजबंशी र २५ वर्षीय सुनिल राजबंशीलाई घर, कोठाबाट २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउनसुगर र ४३ हजार ८० रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका १६ स्थितबाट सुन्दरहरैँचा ७ का ३२ वर्षीय जितप्रसाद सापकोटालाई ब्राउनसुगर १ ग्राम २७ मिलिग्रामसहित पक्राउ गरेको हो ।
यसैगरी महोत्तरीको बर्दिबास ४ का २२ वर्षीय रविन विश्वकर्मालाई ब्राउनसुगर ४ ग्राम ८१ मिलिग्रामसहित पक्राउ गरेको छ ।
उता, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका ७ बाट सोही स्थानका २५ वर्षीय अभिषेक लिम्बूको घर, कोठाबाट ब्राउनसुगर २ ग्राम १ सय २० मिलिग्राम र स्पास्पेन १० चक्की फेला पारेसँगै बेचबिखनमा संलग्न धनकुटा ७ का १९ वर्षीय सागर सहनी, धनकुटा १ का २२ वर्षीय राम राई र २४ वर्षीय दवा छिरीङ तामाङलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका आठ जनामाथि नै थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।













Discussion about this post