Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कृषि विद्यार्थीहरूको राष्ट्रिय सम्मेलन शुक्रवारदेखि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ८, २०८२
in विविध, समाचार
0
कृषि विद्यार्थीहरूको राष्ट्रिय सम्मेलन शुक्रवारदेखि
112
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कृषि शिक्षामा संलग्न विद्यार्थीहरूलाई ज्ञान आदान–प्रदान, सञ्जाल विस्तार र नवप्रवर्तनमा सक्रिय बनाउन लक्षित गर्दै ‘नेक्सको २०२५’ राष्ट्रिय सम्मेलन शुक्रवारदेखि आइतवारसम्म आयोजना हुँदैछ।

आइ.ए.ए.एस.नेपालअन्तर्गत रहेको एल.सी लमजुङको संयोजनमा कार्यक्रम आयोजना हुन लागेको हो।

‘नेक्सको २०२५’मा देशभरका १३ भन्दा बढी शिक्षण संस्थाबाट करिब ६० जना कृषि विषयका विद्यार्थीहरूको सहभागिता हुने अपेक्षा गरिएको नेशनल एक्सचेन्ज कोअर्डिनेटर प्रभाव कटवालले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा छ । कार्यक्रममा विज्ञ प्रवचन, प्यानल छलफल, समूहगत प्रस्तुति, साँस्कृतिक साझ, कृषि उत्पादन प्रदर्शनी, फिल्ड भ्रमण, र लिलामी साझ जस्ता आकर्षक गतिविधिहरू समावेश गरिएको उनले बताए ।

“नेक्सको केवल एउटा सम्मेलन होइन, यो कृषि क्षेत्रका भावी कर्णधारहरूबीच अन्तरक्रिया, विचार आदान–प्रदान र दीर्घकालीन सहकार्यको थालनी हो,” कटवालले भने ।

छात्रछात्राहरूले कृषि अनुसन्धान, स्मार्ट फार्मिङ, दिगो उत्पादन प्रणाली, र उद्यमशीलताको अवधारणा लगायतका समसामयिक विषयहरूमा कार्यशालामार्फत छलफल गर्नेछन्।

कार्यक्रमको दोस्रो दिन ‘साँस्कृतिक साँझ’ आयोजना गरिनेछ । जसमा सहभागी विद्यार्थीहरूले आ–आफ्ना पारम्परिक पोसाक, नाच, र गीत प्रस्तुत गर्नेछन्। यसले नेपालको सांस्कृतिक विविधता झल्काउने र सहभागिता भावना थप बलियो बनाउने अपेक्षा गरिएको उनले जनाए ।

तेस्रो दिनको अन्त्यमा सहभागीहरूले नवीनतम आइडिया, परियोजना वा उत्पादनहरू प्रस्तुति सहित लिलामीमा राख्नेछन् । जसले उद्यमशील सोचलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

संस्थाले कृषि विषयमा अध्ययनरत विद्यार्थीहरूलाई नेतृत्व विकास, सांस्कृतिक आदान–प्रदान, र अनुसन्धानमा सहभागी गराउने उद्देश्य राखेको छ।

‘नेक्सको २०२५’ सम्मेलन मात्र नभई, कृषि शिक्षाको उत्सव रहेकाले नवप्रवर्तन, सहकार्य र दिगोपनका लागि युवालाई सशक्त बनाउने कटवालले विश्वास व्यक्त गरे ।

Tags: #कृषिप्रभाव कटवालसम्मेलन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार
समाचार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । दुहबी नगरपालिका–११ नहरचोकस्थित...

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व
विविध

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

by रासस
भदौ १७, २०८३
0

भोजपुर : जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन...

मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३
भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भोजपुरमा वन पैदावारबाट ९ करोड ६९ लाख राजस्व

भदौ १७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा उद्योग परिसरमै क्रेनले किच्दा मजदुरको मृत्यु

भदौ १७, २०८३
कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.