इटहरी : सुनसरीमा हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
जिल्लाको बराहक्षेत्र नगरपालिका–३ नडाहामा जंगली हात्तीको आक्रमणबाट स्थनीय ६८ वर्षीया डम्मरमायाँ लिम्बू घाइते भएकी हुन् ।
कालीन्जोर सामुदायिक वनमा घाँस काट्ने क्रममा हात्तीले आक्रमण गर्दा उनी घाइते भएकी हुन् ।
घाइते लिम्बूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।












Discussion about this post