इटहरी : मोरङ र झापाको विभिन्न स्थानहरूबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थितबाट मोरङको सुन्दरहरैँचा नगरपालिका १० का समीन दर्जी र २२ वर्षीय निखिल रमतेललाई ब्राउनसुगर १ ग्राम ३ सय ३० मिलिग्रामसहित पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलिले झापा गाउँपालिका ४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरियालाई ८ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट मेचीनगर नगरपालिका ७ इटाभट्टा का २५ वर्षीय घनश्याम माझीको साथबाट ब्राउनसुगर ७ सय ६० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post