इटहरी : सुनसरीको इनरुवा नगरपालिका ७ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रदेश १–०२–००१ ख ८०५४ नम्बरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरीतबाट आउँदै को ३२ प १३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार दुहवी नगरपालिका ११ का ४८ वर्षीय देवनारायण उरावको मृत्यु भएको हो ।
मोटरसाइकल चालक सोही स्थानका २३ वर्षीय मनिरत्न चौधरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ट्याङ्कर र चालक इनरुवा २ का लस्कर अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post