इटहरी : गएराति आएको वर्षाका कारण धनकुटाका दुई स्थानमा अवरुद्ध बनेको सडकको एकतर्फी सञ्चालनमा आएको छ ।
कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका ६ फेदीमा लेउती खोलाले बगाएर अवरुद्ध सडक शनिबार साँझ करिब साढे ४ बजेदेखि एकतर्फी सञ्चालनमा आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त स्थानमा अस्थायी डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
सडक खुलाउन सडक विभागको १ र अन्य ३ वटा एक्स्काभेटर प्रयोग गरिएको छ ।














Discussion about this post