मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा एक व्यक्तिले जिस्किने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटिदिएका छन् ।
सोमबार बेलुका भएको घटनामा ४८ वर्षीय मही चौधरीले ग्रिल काट्ने फलामको ग्रेन्डर प्रयोग गर्दा बालक घाइते भएका हुन् ।
महीले आफ्नै ग्रिल पसलमा ग्रेन्डरमा ब्लेड जडान गरी जिस्काउने क्रममा ७ वर्षीय बालकको लिङ्गको टुप्पो काटिएको प्रहरीले जनाएको छ ।
घटनापछि बालकलाई उपचारका लागि बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बालकको अवस्था अहिले सामान्य रहेको छ।
प्रहरीका अनुसार घटनापछि मही चौधरीले नै बालकलाई अस्पतालसम्म पुर्याएका थिए ।
घटनाको प्रकृति हेर्दा गम्भीर लापरवाही देखिएको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post