Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापाकाे मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २५, २०८२
in विविध, समाचार
0
65
SHARES
Share on FacebookShare on Twitter

झापा : मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ ।

मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

“लम्पी स्किन र स्वाइन फ्लूको सङ्क्रमण पुष्टि भयो”, उनले भने, “नगरको पशु सेवा शाखाबाट सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिरहेका छौँ । कोशी प्रदेश र सङ्घीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेका छौँ ।”

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ ।

गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको बताए । सङ्क्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने गरिएको उनले बताए ।

‘लम्पी स्किन’ले थप जोखिम नहोस् भन्नाका लागि सङ्क्रमण फेलापरेको गोठको पाँच सय मिटर आसपासका किसानले पालेका डेढ सयभन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ ।

यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखापरेको राईले बताए । यो रोग सङ्क्रामक भाइरसबाट फैलिने गर्दछ ।

यसैगरी मेचीनगर वडा नं ६ स्थित बबिता बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए ।

“फार्ममा अचानक बङ्गुर मरेको खबर आएपछि त्यसको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालाबाट आएको रिपोर्टमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भयो ।”

फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० वटा बङ्गुर भकाभक मर्दा ठूलो क्षति भएको बताइन् ।

नगरपालिकाको पशु सेवा शाखा प्रमुख गुरुङसहितको प्राविधिक टोलीले प्रभावित बङ्गुर फार्म र आसपासका क्षेत्रका रोग फैलिन नदिन औषधोपचार र सचेतनाका कार्यहरू गरिरहेको छ ।

Tags: #झापा#राससस्वाइन फ्लू
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल
FEATURE BREAKING

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

इटहरी : शनिबार साँझ कोशी कलेजको सभाहलमा कविता, मौनता र संवेदनाको अद्भुत संगम देखियो। काव्य डबलीले आफ्नो तेस्रो शृङ्खला आयोजना...

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित
विविध

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

by रासस
असार १४, २०८३
0

इलाम : वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट...

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    669 shares
    Share 268 Tweet 167
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.