विराटनगर : कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२।८३ का लागि बजेट सार्वजनिक गर्ने भएको छ। बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नेछन्। चालु आर्थिक वर्ष २०८१।८२ मा उनले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएका थिए।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीका अनुसार आगामी वर्षका लागि बजेट ३७ अर्ब रुपैयाँ हाराहारीमा रहनेछ।
बजेटमा सांसद विकास कार्यक्रमका लागि पनि छुट्टै व्यवस्था गरिएको छ। प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ५० लाख रुपैयाँ र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई १ करोड ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ।














Discussion about this post