इटहरी : सुनसरीमा जङ्गली हात्ती मृत फेला परेको छ ।
जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित रेल्वे लाइनपूर्व, कौशिकी सामुदायिक वन नजिकको मकैबारीमा एक जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको हो ।
मृत भेटिएको उक्त हात्तीको अनुमानित उमेर करिब ५ वर्ष रहेको बताइएको छ।
वन कार्यालयका अनुसार घटनाको विस्तृत विवरण पत्ता लगाउन अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।
हात्तीको मृत्युको कारण हालसम्म स्पष्ट भइनसकेकोले, पशु चिकित्सक टोलीद्वारा परीक्षण र आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ।
स्थानीय बासिन्दाले बिहानै मकैबारी क्षेत्रमा मृत हात्ती देखेपछि सम्बन्धित निकायलाई खबर गरेका थिए। वन विभाग र प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ।
उक्त घटना वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्वबीचको चर्को चुनौतीको संकेतस्वरूप लिइएको छ।












Discussion about this post