झापा : झापाको मेचीनगर–१ स्थित तिरिङ आसपासको मकैबारीमा एक पोथी जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
डिभिजन वन कार्यालय, झापाका अनुसार मृत भेटिएको हात्ती पूर्ण वयस्क नपुगेको थियो।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार आज (सोमबार) बिहान करिब ९ बजे हात्ती मृत अवस्थामा भेटिएको हो। हात्ती आइतबार मरेको हुनसक्ने अनुमान गरिएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेकोले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विशेषज्ञ टोली खटिएको थियो ।
“पोस्टमार्टम र आवश्यक अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुने छ,” श्रेष्ठले भने ।














Discussion about this post