Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८२
in समाचार
0
“सुरक्षित यात्रा हामी सबैको चाहना” भन्ने सन्देशसहित कोशी प्रदेशमा ट्राफिक सप्ताह
61
SHARES
Share on FacebookShare on Twitter

इटहरी : “सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौं ट्राफिक नियमको पालना” भन्ने सन्देशससहित कोशी प्रदेशमा प्रदेशस्तरीय ट्राफिक सप्ताह २०८२ को शुभारम्भ गरिएको छ।

प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको संयुक्त आयोजनामा उक्त कार्यक्रम विराटनगरको महेन्द्र चोकदेखि प्रभातफेरीमार्फत सुरु भई सिटी हलमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दीप प्रज्वलन गरी विधिवत रूपमा गरे । उनले कार्यक्रममा ट्राफिक सचेतनामूलक श्रव्यदृश्य सामग्री “सुरक्षित यात्रा” सार्वजनिक गर्नुका साथै सार्वजनिक यातायातका साधनमा यात्रु गुनासो तथा सुझाव संकलनका लागि क्यूआर कोडको स्टिकर टाँस गरे।

मुख्यमन्त्री कार्कीले सवारी दुर्घटना न्यूनीकरणको लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउँदै विद्यालय तहबाटै ट्राफिक शिक्षा सुरु गर्नु दीर्घकालीन समाधानको उपाय हुने धारणा व्यक्त गरे। यसैक्रममा ट्राफिक सेवामा उल्लेखनीय योगदान पु‍र्‍याउने व्यक्तिहरुलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गरिएको थियो।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले ट्राफिक व्यवस्थापन सुधार र दुर्घटना न्यूनीकरणका लागि आवश्यक स्रोत-साधन उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, ट्राफिक कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठ, तथा निमित्त प्रदेश प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी लगायत वक्ताहरूले ट्राफिक सप्ताहको औचित्यमाथि प्रकाश पार्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा राखेका थिए।

सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यसहित कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा एकैसाथ ट्राफिक सप्ताह सुरु गरिएको हो। आगामी एक सातासम्म हरेक जिल्लामा विविध ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ ।

Tags: #ट्राफिककोसी प्रदेशट्राफिक प्रहरीट्राफिक सचेतना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन
समाचार

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

इटहरी : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण गरी पहाडी ग्रामीण...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार
समाचार

१७ पालिकामध्ये स्वास्थ्य क्षेत्रमा विराटनगर महानगर तेस्रो

by टाकुरा न्यूज । इटहरी
कार्तिक २४, २०८२
0

विराटनगर : कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रूपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य...

कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कार्तिक २४, २०८२
इटहरी उपमहानगरको मेयर भवनमा आगजनी, यी क्षेत्रमा लाग्यो कर्फ्यु

झापामा जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी गर्ने १० जना पक्राउ

कार्तिक २४, २०८२
धनकुटा र भोजपुरमा गाँजाका बोट फडानी

धनकुटा र भोजपुरमा गाँजाका बोट फडानी

कार्तिक २४, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

कार्तिक २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

खोटाङमा डीआईजी कार्कीको निरीक्षण, शान्ति–सुरक्षा प्रभावकारी बनाउन निर्देशन

कार्तिक २४, २०८२
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

१७ पालिकामध्ये स्वास्थ्य क्षेत्रमा विराटनगर महानगर तेस्रो

कार्तिक २४, २०८२
कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कोशी मन्त्रिपरिषद्को निर्णय – प्रदेश सचिवको रूपमा तीन सहसचिवको पदस्थापन, सभा सञ्चालन गर्न बजेट विनियोजन

कार्तिक २४, २०८२
इटहरी उपमहानगरको मेयर भवनमा आगजनी, यी क्षेत्रमा लाग्यो कर्फ्यु

झापामा जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी गर्ने १० जना पक्राउ

कार्तिक २४, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2619 shares
    Share 1048 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1552 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1331 shares
    Share 532 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    766 shares
    Share 306 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    487 shares
    Share 195 Tweet 122

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.