इटहरी : झापा र मोरङको दुई स्थानहरूबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट संयुक्त रूपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०१-०३० च ७७९३ नम्बरको कारलाई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाएर ल्याउदै गरेको ४७ ग्राम ६ सय ९० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको छ ।
कार चालक काठमाण्डौँ महानगरपालिका २६ का २४ वर्षीय निवेश कुँवर र कारमा सवार लमजुङकी २२ वर्षीया नोजिना राना मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका १० का ३० वर्षीय बरुण लिम्बूलाई ब्राउनसुगर ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post