इलाम : इलाममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
आज (आइतबार) रोङ गाउँपालिका–३, पाथलेडाँडामा इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशामा रहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।
घटनामा मोटरसाइकल चालक बझाङको बित्छडचिर गाउँपालिका १ का अन्दाजी २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका ८ का अन्दाजी २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको हो ।
गम्भीर घाइते दुवैलाई झापाको बीएन्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक पाँचथरको कुमायक गाउँपालिका ९ का अन्दाजी ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post