संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–९ मा २०६१ चैत्र २२ गते भएको परशुराम विक हत्या मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६२ वर्षीय दुर्गाबहादुर तामाङ रहेका छन् । उनलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ।
उनलाई उच्च अदालत धनकुटाले २०६९ असार १७ गते २ वर्ष कैद सजाय सुनाएको थियो।
पक्राउपछि जिल्ला अदालत चैनपुरमा पेश गरी कारागार कार्यालय खाँदबारी पठाइएको जनाइएको छ । हत्याको घटनापछि तामाङ विभिन्न स्थानमा लुकिछिपी बसेका थिए ।














Discussion about this post