मोरङ : मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रंगेली नगरपालिका–८ दर्वेसा चोकमा खेत जोतेर सडकमा निस्किँदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले दर्वेसाबाट रंगेलीतर्फ आउँदै गरेको को ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक रंगेली–१ बबिया टोलका ३२ वर्षीय केदार न्यौपानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रंगेली–१ का ४१ वर्षीय राजन भट्टराई घाइते भएका छन् ।
ट्याक्टर चालक रंगेली–८ का अन्दाजी ३० वर्षीय जीवन ताजपुरिया फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post