रामधुनी : सुनसरीको रामधुनीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
रामधुनी नगरपालिका–३ बगैँचा टोलस्थित भित्री सडक खण्डमा बुधबार राति ९ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ९ प ५५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँका ६२ वर्षीय पूर्णबहादुर राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनापछि रामधुनी–६ का ५० वर्षीय शिवनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post