बराहक्षेत्र : सुनसरीको बराहक्षेत्रमा ठूलो धनराशी पुरस्कार भएको सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७ हुने भएको छ।
सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको उक्त प्रतियोगिता आगामी भाद्र १३ गतेदेखि कार्तिक २८ गतेसम्म संचालन हुने जनाईएको हो।
प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ देखि २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन् भने त्यसमध्ये भ्यूजको आधारमा उत्कृष्ट १०० सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले बताए।
असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट २० जनाको भिडियोमा आएको भ्यूजको आधारमा छनोट गरिनेछ। क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०, ५, ३ र फाइनल क्रमशः असोज २७, कार्तिक ६, कार्तिक १४, कार्तिक २१ र कार्तिक २८ गते बिजेता घोषणा गरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ।
सहभागीले अर्को चरणमा प्रवेश गरेपछि प्रत्येक नयाँ चरणमा नयाँ भिडियो पठाउनुपर्ने र अश्लीलता भएको भिडियो अमान्य हुने, कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने व्यवस्थापक रमेश यादबले जानकारी दिए।
१५ सेकेन्ड भन्दा माथीको नेपाली भाषाको भिडियो हुनुपर्ने, सहभागीले आफ्नै अभिनयको भिडियो पठाउनुपर्ने, सहभागीले सर्त पालना नगरे भिडियो रद्द गरिने र आवेदन शुल्क फिर्ता नहुने लगायतका नियमहरु राखेको प्रतियोगिताका प्रबक्ता किरण चौलागाईंले बताए।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५० हजार, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १ लाख र ५० हजार र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक भरत खड्काले बताए।















Discussion about this post