इटहरी : धरान ८ सेउती पुल नजिक कोशी राजमार्गमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४३ प–३३१५ नम्बरको मोटरसाइकल रोलरमा ठोक्किँएर दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये इटहरी–१९ तरहराका ३८ वर्षीय सुरेश राईको मृत्यु भएको सुनसरी प्रहरीले पुष्टि गरेको छ। उनको मुख र टाउकोमा गम्भीर चोट लागेको थियो।
घटनामा इटहरी–२० निवासी १७ वर्षीय विराज पुरीको दुवै आँखामा सुन्निएको छ भने इटहरी २० का सुमित शाहीको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकललाई धरान उपमहानगरपालिका–३ स्थित तीनकुने प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल तीव्र गतिमा रहेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।














Discussion about this post