इटहरी : २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त (उत्तीर्ण) भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार परीक्षा परिणाम सार्वजनिक गरेको हो।
बोर्डका अनुसार यो वर्ष उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत अघिल्ला वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको हो। गत वर्ष ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने यसपटक यो संख्या ६१.८१ प्रतिशत पुगेको छ।
बोर्डका अनुसार नियमित विधाबाट परीक्षा दिएका विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ जनाले जीपीए ३.६० देखि ४.०० सम्म ल्याएका छन्।
यसपटकको एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा सञ्चालनमा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।
बोर्डले वेबसाइटमार्फत नतिजा सार्वजनिक गरिए पनि पूर्ण विवरण वेबसाइटमा लोड हुन केही समय लाग्न सक्ने जानकारी दिएको छ।












Discussion about this post