रामधुनी : सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा कान्छीचोक भित्री पक्की सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
शनिबार साँझ करिब ७ः२० बजे कान्छीचोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र कालाबन्जारबाट विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परी रामधुनी नगरपालिका–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनकी श्रीमती ३२ वर्षीया प्रतीक्षा चौधरी र ९ वर्षीय छोरा प्रणिश चौधरी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो।
घाइते इनर्चन र प्रणिशको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ९ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रतीक्षाको अवस्था गम्भीर छ।
त्यस्तै, अर्को मोटरसाइकलमा सवार इनरुवा–६ निवासी ५० वर्षीय चालक बिन्दु यादवको पनि उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय पकलीबाट करिब ३ किलोमिटर उत्तर पर्छ। दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post