इटहरी : साहित्यपोस्टले हरेक वर्ष नवप्रवेशी कवि, लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कार अर्पण गरेको छ ।
वर्ष २०८१ का लागि साहित्यपोस्ट आख्यान पुरस्कार ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका बान्तावाको उपन्यास ‘प्याउली’लाई प्रदान गरिएको हो ।
त्यस्तै ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’ लाई, र ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ रमेश भुसालको नियात्रा कृति ‘छालबाटो’लाई अर्पण गरिएको हो ।
प्रत्येक विजेता कृतिका लेखक तथा कविले जनही ५० हजार राशि पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्याउली उपन्यसका लेखक बालिका बान्तावाले आफूले प्राप्त गरेको ५० हजार रुपैँया पुरस्कारको रकम साहित्यमा काम गरिरहेको ‘सम्भव समूह’लाई सहयोगको रुपमा प्रदान गरिन् ।
उनले पुरस्कार बारे भनेकी छन्, ‘भनिन्छ खुसी बाँडे दोव्वर हुन्छ । उपन्यास प्याउलीले यस्तै एउटा खुसी दिएको छ । हजुरहरू समक्ष त्यहीँ खुसी साट्न गइरहेकी छु । प्याउलीले साहित्यपोस्ट श्रेष्ठ आख्यान पुरस्कार प्राप्त गर्न सफल भएको छ । यसले मेरो लेखन यात्रामा आत्मबल बढाएको छ । सर्वप्रथम पुरस्कारको हकदार सम्झिदिनुभएकोमा साहित्यपोस्टको व्यवस्थापन टिम, निर्णायक, पुरस्कार दाता र आम पाठकहरुप्रति धन्यवाद/आभार ब्यक्त गर्दछु । प्याउलीले प्राप्त गरेको पुरस्कार राशी (५० हजार रुपैयाँ) साहित्यमा केही गरौँ भनेर हुटहुटी भएका प्रतिभाशाली युवा कविहरूको समूह सम्भवलाई प्रोत्साहन र प्रेमका रूपमा अर्पण गरेकी छु । सम्भवको उदेश्यमा मेरो सानो साथले थप एउटा इटको काम गर्छ भन्ने बिश्वास लिएकी छु ।’
उपन्यासकार बान्तावाको अनुपस्थितिमा सम्भव समूहका कवि उत्तम तुम्छा लिम्बूले लेखक बान्तावाको प्रतिनिधि भएर पुरस्कार ग्रहण गरेका थिए ।














Discussion about this post