झापा : झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार परिसरबाट १ थान एयर पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको दार्जिलिङ निवासी २५ वर्षीय प्रतीक अग्रवाललाई स्कुटरको डिक्कीभित्र लुकाईछिपाई राखिएको हतियारसहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले आज (मंगलबार) ८ः४५ बजेतिर मेची भन्सार परिसरमा सवारी तथा यात्रुहरूको नियमित चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
डब्लु बी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिक्कीमा लुकाएर राखिएको एयर पेस्तोल १ थान, सो पेस्तोलमा प्रयोग हुने मेटल बुलेट १८ राउण्ड र ४ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
अवैध रूपमा हतियार नेपाल भित्र्याउने प्रयोजन रहेको आशंकामा अग्रवालमाथि आवश्यक कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।













Discussion about this post