झापा : भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि ६ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ ।
भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले बताए ।
अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post