भोजपुर : भोजपुरको षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली सडक धमाधम कालोपत्रे भइरहेको छ ।
कोशी प्रदेश सरकारले ५१ करोड ६२ लाख खर्चेर थालेको कालोपत्रेको काम ८५ प्रतिशत पूरा भएको छ ।
पूर्वाधार विकास कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार अस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको छ । हालसम्म ११ किलोमिटर कालोपत्र भइसकेको छ ।
बाँकी नौ किलोमिटर पनि यसै महिना पूरा गर्नेगरी युद्धस्तरमा काम जारी छ । सडक कालोपत्र हुन थालेपछि उत्तरी क्षेत्रका नागरिक उत्साहित भएका छन् ।
यो सडक २०८२ कात्तिकमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।













Discussion about this post