सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट ५ केजी गाँजासहित दुई युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले गुरुदयाल यादवको घरबाट गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टोलीले देवानगञ्ज २ यादव टोलस्थित गुरुदयालको घरमा गाँजा लुकाइएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरको गोठमा मकैको ढोडमा लुकाएर राखिएको अवस्थामा करिब ५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
साथै गाँजा लुकाएको आरोपमा गुरुदयालका छोरा २० वर्षीय प्रकाश यादव र देवानगञ्ज ७ निवासी १९ वर्षीय धिरज यादवलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।














Discussion about this post