उदयपुर : उदयपुरको कटारी नगरपालिका २ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बोकेको बोलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
कटारीबाट सिरहाको मिर्चैयातर्फ जाँदै गरेको को १ ज १२७५ नम्बरको तरकारी बोकेको बलेरो गाडीलाई शंका लागेर चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाईछिपाई लैजाँदै गरेको उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै गाडी र चालक धनकुटाको सहिदभूमी २ का २९ वर्षीय तेज राईलाई नियन्त्रणमा लिइएको छ ।
राईमाथि इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post