Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी उपमहानगरको बजेट पारित हुन सकेन, मेयरको आरोप – ‘एमाले नेताहरूको माग नमानेपछि बजेटबाट बिमुख’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८२
in समाचार
0
इटहरी उपमहानगरको बजेट पारित हुन सकेन, मेयरको आरोप – ‘एमाले नेताहरूको माग नमानेपछि बजेटबाट बिमुख’
144
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट पारित हुन सकेन। बुधबार बसेको १६औँ नगरसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

नगरप्रमुख हेमकर्ण पौडेलले बजेट पारित हुन नदिन नेकपा एमाले इटहरीका नेताहरूले जानाजान अवरोध पुर्‍याएको आरोप लगाएका छन्। उनका अनुसार एमाले निकटका जनप्रतिनिधिहरूले माग गरेको रकम विनियोजन गर्न नसक्दा बहुमतको आडमा नगरसभा स्थगन गराइएको हो।

‘नेकपा एमाले इटहरीका नेताहरूले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित,’ मेयर पौडेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘इटहरीबासी बजेटबाट बिमुख ।’

नगरको आवश्यकताअनुसार बजेट निर्माण गरिएपनि केही नेताहरूले आफ्नो वडामा बढी रकम माग्दा सम्भव नहुने देखेपछि नगरसभा स्थगित गरिएको पौडेलले बताए ।

नगरसभा स्थगित भएपछि इटहरीबासी नयाँ बजेटबाट वञ्चित भएका छन्।

उपुप्रमुख संगीता कुमारी चौधरीले गत असार १० गते नगरसभामा प्रस्तुत गरेको विवरण अनुसार कुल अनुमानित बजेट रकम २ अर्ब ५५ करोड २१ लाख रहेको छ।

उपमहानगरले अनुमानित बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार छुट्याएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ साँवा र ब्याज भुक्तानीका लागि ९० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख ९० हजार विनियोजन गरिएको जनाइएको छ।

उपमहानगरले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब भन्दा कमको हो । चालू आर्थिक वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो ।

यस वर्ष महत्वाकांक्षी बजेट ल्याएको भन्दै आलोचनासमेत भएको थियो । तर, आगामी आर्थिक वर्षका लागि नगरसभामा छलफल भएपनि बजेट पास हुन सकेन । बुधबार बसेको १६ आँै नगरसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाबजेटहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    907 shares
    Share 363 Tweet 227
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    748 shares
    Share 299 Tweet 187
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    269 shares
    Share 108 Tweet 67

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.