Saturday, October 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी उपमहानगरको बजेट पारित हुन सकेन, मेयरको आरोप – ‘एमाले नेताहरूको माग नमानेपछि बजेटबाट बिमुख’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८२
in समाचार
0
इटहरी उपमहानगरको बजेट पारित हुन सकेन, मेयरको आरोप – ‘एमाले नेताहरूको माग नमानेपछि बजेटबाट बिमुख’
145
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट पारित हुन सकेन। बुधबार बसेको १६औँ नगरसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

नगरप्रमुख हेमकर्ण पौडेलले बजेट पारित हुन नदिन नेकपा एमाले इटहरीका नेताहरूले जानाजान अवरोध पुर्‍याएको आरोप लगाएका छन्। उनका अनुसार एमाले निकटका जनप्रतिनिधिहरूले माग गरेको रकम विनियोजन गर्न नसक्दा बहुमतको आडमा नगरसभा स्थगन गराइएको हो।

‘नेकपा एमाले इटहरीका नेताहरूले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित,’ मेयर पौडेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘इटहरीबासी बजेटबाट बिमुख ।’

नगरको आवश्यकताअनुसार बजेट निर्माण गरिएपनि केही नेताहरूले आफ्नो वडामा बढी रकम माग्दा सम्भव नहुने देखेपछि नगरसभा स्थगित गरिएको पौडेलले बताए ।

नगरसभा स्थगित भएपछि इटहरीबासी नयाँ बजेटबाट वञ्चित भएका छन्।

उपुप्रमुख संगीता कुमारी चौधरीले गत असार १० गते नगरसभामा प्रस्तुत गरेको विवरण अनुसार कुल अनुमानित बजेट रकम २ अर्ब ५५ करोड २१ लाख रहेको छ।

उपमहानगरले अनुमानित बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार छुट्याएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ साँवा र ब्याज भुक्तानीका लागि ९० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख ९० हजार विनियोजन गरिएको जनाइएको छ।

उपमहानगरले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब भन्दा कमको हो । चालू आर्थिक वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो ।

यस वर्ष महत्वाकांक्षी बजेट ल्याएको भन्दै आलोचनासमेत भएको थियो । तर, आगामी आर्थिक वर्षका लागि नगरसभामा छलफल भएपनि बजेट पास हुन सकेन । बुधबार बसेको १६ आँै नगरसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाबजेटहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती
विविध

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच...

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३
उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.