Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बजेट अवरोधमा एमालेको आरोप – ‘नगर प्रमुख हेमकर्ण पौडेलकै मनोमानीले बजेट पारित हुन सकेन’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १, २०८२
in समाचार
0
बजेट अवरोधमा एमालेको आरोप – ‘नगर प्रमुख हेमकर्ण पौडेलकै मनोमानीले बजेट पारित हुन सकेन’
95
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आर्थिक वर्ष २०८२।।८३ को बजेट पारित हुन नसक्नुमा इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलकै लापरवाही र असंवेदनशीलताले मुख्य भूमिका खेलेको नेकपा एमाले इटहरीले आरोप लगाएको छ।

एमालेबाट उपप्रमुख रहेकी संगीता कुमारी चौधरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अनुसूची बिनाको विनियोजन विधेयक पेश गरी बजेटलाई नगर प्रमुख पौडेलले मनोमानी शीर्षकहरूमा खर्च गरी दुरुपयोग गर्ने गरेको उदृत गरिएको छ ।

सोहीकारण महालेखा परीक्षकको प्रतिवेदनमासमेत बेरुजु हुने गरेको देखिएकोले र विनियोजन विधेयक (अनुसूचीसहितको) ल्याउन पटकपटक प्रयत्न र अनुरोध गर्दा पनि शाखा, महाशाखा, वडा शिक्षा लगायतको अनुसूची असार मसान्तसम्म उपलब्ध नगराएकोले अनुसूचीसहितको विनियोजन विधेयक तयार गर्न नसकिएकोले सभामा पेश गर्न असमर्थ रहेको चौधरीले बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार, असार १० गतेभित्र नीति तथा कार्यक्रम नगरसभामा पेश भइसक्नुपर्ने कानुनी व्यवस्था छ। एमालेका अनुसार, बजेट निर्माणका चरणहरू समयमा नै सम्पन्न हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकारीको संयोजन र नगर प्रमुखको समन्वयमा त्यसो हुन नसक्दा बजेट नआएको हो ।

उपप्रमुखको संयोजकत्वमा रहेको राजस्व परामर्श समितिले आम्दानी, खर्चसहितको श्रोत प्रक्षेपण तयार पारेर सम्बन्धित समितिमा पठाए पनि नगर प्रमुख पौडेलले समयमै कार्यपालिकाको बैठक आह्वान नगरेका कारण नीति तथा कार्यक्रम हतारमा असार १० गते मात्रै नगरसभामा प्रस्तुत गरिएको थियो।

त्यसपछि पटक–पटक नगरसभा स्थगित गरिएको र अन्ततः असार ३० गते सभा बोलाइए पनि नगर प्रमुख र सभाध्यक्ष अनुपस्थित भएपछि सभा सञ्चालन हुन नसकेको एमालेको दाबी छ।

उपप्रमुख चौधरीले विगतमा अनुसूचीबिनै विनियोजन विधेयक पारित गरी नगर प्रमुखले मनोमानी ढंगले खर्च गरेको र त्यसकै कारण महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु समेत देखिएको उदाहरण प्रस्तुत गरेकी छन्। यसपटक पनि अनुसूची नआएकाले बजेट सभा समक्ष प्रस्तुत गर्न नसकिएको उनी बताउँछिन्।

प्रेस विज्ञप्तिमा उपप्रमुखसहित एमाले पक्षका नगरसभा सदस्यहरू बजेट पास गर्न जिम्मेवार र संवेदनशील रहेको जनाउँदै नगर प्रमुखको तत्परतामा मात्रै बजेट निर्माण सम्भव हुने उल्लेख गरिएको छ।

इटहरी उपमहानगरपालिकामा पछिल्ला वर्षहरूमा बजेट निर्माण र पारित प्रक्रियामा लगातार विवाद हुँदै आएको छ। यसपटक पनि बजेट असहमतिका कारण नगरसभा नै अन्योलमा परेसँगै आज (बिहीबार)देखि बजेटविहीन बनेको छ ।

‘अझै पनि बजेट निर्माण गर्ने कार्यमा हामी जिम्मेवार र संवेदनशिल छौँ । तसर्थ अनुसूचीसहितको बजेट निर्माण गर्ने कार्यमा नगर प्रमुखको तदारुक्ता भए बजेट निर्माण गर्ने कार्यमा हामी प्रतिवद्ध छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः समयमा नै बजेट पास हुन नसकेको प्रति दुःख व्यक्त गर्दै यसको सम्पूर्ण जिम्मेवार नगर प्रमुख नै रहेको व्यहोरा नगरबासीहरूमा जानकारी लागि अनुरोध गर्न चाहन्छौँ ।’

यो पनि – इटहरी उपमहानगरको बजेट पारित हुन सकेन, मेयरको आरोप – ‘एमाले नेताहरूको माग नमानेपछि बजेटबाट बिमुख’

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    900 shares
    Share 360 Tweet 225
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    746 shares
    Share 298 Tweet 187
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    269 shares
    Share 108 Tweet 67

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.