इटहरी : सुनसरीको इनरुवा नगरपालिका ७ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका ३५ वर्षीय पारस यादवको मृत्यु भएको छ ।
को ३४ प ५१६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पारस यादव र पछाडि सवार ३५ वर्षीय रवि सरदार घाइते भई उपचारको लागि इनरुवा अस्पताल लैजाने क्रममा पारस यादवको बाटोमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post