सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ खत्वे टोलस्थित नहर नजिक शनिबार राति लागूऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले राति करिब ९ बजे देवानगञ्जबाट कप्तानगञ्जतर्फ जाँदै गरेको एक मोटरसाइकललाई रोक्न खोज्दा उक्त सवारी चालक बोरा फालेर मोटरसाइकलसहित फरार भएको हो।
फरार व्यक्तिले बोकेर ल्याएको दुईवटा सेतो बोरामा जाँच गर्दा एक बोरामा रातो प्लास्टिकमा बेरेको र अर्कोमा खुल्ला अवस्थामा राखिएको कुल ६० केजी गाँजा जस्तो फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा बरामद गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान सुरु गरेको छ। साथै, घटनास्थलबाट फरार रहेका मोटरसाइकल चालकको खोजी कार्य तीव्र पारिएको छ।














Discussion about this post