Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बाँस प्रवर्द्धनमा जुटेका खोटाङका मेयरले सुरू गरे सत्याग्रह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८२
in विविध, समाचार
0
बाँस प्रवर्द्धनमा जुटेका खोटाङका मेयरले सुरू गरे सत्याग्रह
65
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि सत्याग्रह सुरु गरेका छन् ।

उनले बाँसजन्य सामग्रीको प्रवर्द्धनसहित सात बुँदे माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका हुन् ।

उनका मागहरूमा स्थानीयस्तरमा उत्पादन हुने बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदा छन् ।

बाँसका सामग्री तथा स्थानीयस्तरमा उत्पादन हुने थोकवस्तुको प्रवर्द्धन गर्न सरकार समक्ष नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह सुरु गरेको नगर प्रमुख भट्टराईले बताए ।

“बाँस तथा बाँसजन्य कच्चा पदार्थ उपयोगमा ल्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौँ । हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो”, उनले भने, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सरकारले नीति बनाउनुपर्नेमा सरकार उदासीन देखिएपछि सत्याग्रह सुरु गरेको हुँ । यो कार्यक्रम तीन दिनसम्म जारी रहन्छ ।”

शान्तिपूर्णे सत्याग्रहले माग पूरा नभएमा यही साउनको १४ गतेदेखि आमरण अनसन बस्ने तयारी उनको छ ।

बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको थियो । पशुपतिमा कपाल मुण्डन गरेपछि उनी खाली खुट्टा हिँडेर सिंहदरबारको दक्षिण ढोका पुगेका थिए । त्यसपछि माइतीघर मण्डला पुगेका नगर प्रमुख भट्टराईले बाँसका सामग्री प्रदर्शनसँगै सत्याग्रह सुरु गरेका हुन् ।

भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत लिएर यही साउन ४ गते काठमाडौँ पुगेका हुन् । यसअघि आन्दोलनकै कार्यक्रमअनुसार राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ व्यक्तिहरूलाई बाँसका कुर्सी र टेबल उपहार दिएका थिए ।

भट्टराईले सत्याग्रह घोषणा गरेपछि बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न नगरपालिकाले वार्ता टोलीसमेत गठन गरेको छ ।

नगर कार्यपालिकाको साउन–१० गते बसेको बैठकले नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

“मन्त्रालयको पत्रअनुसार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र नगर प्रमुख तीर्थराज भट्टराईबिच यही साउन ९ गते छलफल भएको थियो । थप छलफल गर्न र वार्तालाई निष्कर्षमा पुर्‍याउन मेरो संयोजकत्वमा वार्ता टोली बनाइएको हो”, उनले भने, “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सिर्जना गर्ने नगरपालिकाको नीति छ । हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।”

नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने सन्देशसहित गत फागुनमा तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ गरेको थियो ।

सो घोषणा–पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने उल्लेख छ ।

 

Tags: #खोटाङतीर्थराज भट्टराईसत्याग्रह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    156 shares
    Share 62 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.