Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ढिलाइ, यात्रु मर्कामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०८२
in विविध, समाचार
0
काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ढिलाइ, यात्रु मर्कामा
67
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन । यदि यही गतिमा काम हुने हो भने सम्झौता अवधि तीन वर्षभित्र सम्पन्न नहुने अनुमान गरिएको छ ।

काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडकमध्ये ९५.७६ किलोमिटर स्तरोन्नति सुरु गरिएको थियो ।

एसियाली विकास बैङ्कको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानी रहेको उक्त योजना सम्पन्न भएपछि काँकडभिट्टा– लौकही सडकखण्डअन्तर्गत सहरी क्षेत्रमा चार लेनको बीचमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेन गरी ५० मिटर चौडाइको हुनेछ ।

त्यसैगरी, अर्ध सहरी क्षेत्रमा चार लेनमा दुवैतर्फ एक लेन थप गरी ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक हुने जनाइएको छ ।

काँकडभिट्टा–लौकही सडक योजनालाई काँकडभिट्टा–केर्खा सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा– इटहरीसम्म ५०.७६ किलोमिटर पश्चिमी खण्डमा गरी दुई भागमा विभाजन गरिएको छ ।

हालसम्म दुवै खण्डको ३० प्रतिशत भौतिक तथा वित्तीय प्रगति हुनुपर्नेमा पूर्वी खण्डको २१.१० प्रतिशत र पश्चिम खण्डको २५ प्रतिशत मात्र प्रगति छ ।

पूर्वी खण्डको काँकडभिट्टा–केर्खा सडक रु १० अर्ब छ करोडमा इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते ठेक्का सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि कार्य प्रारम्भ गरेको सो खण्डका इञ्जिनियर आश्रय महतले बताए ।

सो खण्डमा ३०० मिटरभन्दा साना १८ वटा पुलमध्ये १७ वटा निर्माणाधीन छन् भने ६३ वटा कल्भर्ट निर्माण भएका छन् ।

दुई किलोमिटर ‘ड्रेन’ निर्माण गरिएको छ । आठ किलोमिटर सब–बेस सम्पन्न भएको छ । १.७ किलोमिटर बेस सम्पन्न भएको इञ्जिनियर महतले बताउनुभयो । यो सडक खण्डको पूरै भाग झापामा पर्दछ ।

विद्युतीय पोल सार्ने र सहरी क्षेत्रमा ‘साइट क्लियरेन्स’ अन्तिम चरणमा रहेको इञ्जिनियर महतले बताउनुभयो । हाल माटो अभावका कारण माटो भर्न नसक्दा केही ठाउँमा काम हुन नसकेको उनले बताए ।

३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि कोभेक क्रेग तुँदी जेभीले रु पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का पाएको छ । हालसम्म उक्त पुलहरुको भौतिक प्रगति १९.३५ प्रतिशत छ ।

पश्चिमखण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीनवटा ठेक्काहरू छन् । प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर छ । उक्त ठेक्का क्रेग तुँदी जेभीले रु नौ अर्ब १३ करोड ८२ लाखमा सम्झौता गरेको इञ्जिनियर पल्लब श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, प्याकेज नं ३ मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १०.७६ किलोमिटर छ । उक्त प्याकेजको ठेक्का कोभेक क्रेग तुँदी जेभीले रु चार अर्ब सात करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता गरेको इञ्जिनियर श्रेष्ठले बताए । उनका अनुसार काम सुरु भएदेखि हालसम्मको प्रगति औसतमा २५ प्रतिशत छ ।

इञ्जिनियर श्रेष्ठका अनुसार प्याकेज नं २ र ३ को कुल लम्बाइ ५०.७६ किलोमिटरमा २८ वटा ३०० मिटरभन्दा साना पुलमध्ये चार वटा पुल, ६५ वटा कल्भर्ट निर्माणसम्पन्न भएका छन् ।

यसैगरी, नौ किलोमिटर साइट ड्रेन, १५ किलोमिटर सब बेस, चार किलोमिटर बेस र २.३ किलोमिटर पहिलो चरणको कालोपत्र सम्पन्न भएको छ ।

सहरी क्षेत्रमा सडकको क्षेत्राधिकारभित्रको घर, संरचना हटाउने कार्य भइरहेको र नेपाल विद्युत् प्राधिकरणको विद्युत पोल सार्ने जिम्मा पाएको निर्माण व्यवसायीले ढिलाइ गर्दा साइट क्लियर नभएकाले सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको उनले बताए ।

पछिल्लो समय माटो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण लक्ष्यअनुसार प्रगतिमा बाधा परेको इञ्जिनियर श्रेष्ठको कथन छ ।

उनले स्थानीय सरकार र प्रदेश सरकारले यस विषयमा आवश्यक सहजीकरण गरिदिएमा आगामी दिनमा निर्माण छिटो गर्न सकिने विश्वास व्यक्त गरे ।

Tags: #झापा#रासससडक खण्ड
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    633 shares
    Share 253 Tweet 158
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.