इटहरी : सुनसरीको बर्जु गाउँपालिका–१ स्थितमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
शुक्रबार राति करिब ९ः३० बजे हुलाकी राजमार्गमा सप्तरीको राजविराजबाट विराटनगरतर्फ आइरहेको स १ प ९१६० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्करबाट बर्जु–१ निवासी ४५ वर्षीय शत्रुधन मेहता गम्भीर घाइते भएका थिए। उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा आइतबार (आज) बिहान ४ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–७ निवासी ७० वर्षीय जयनारायण यादव र पछाडि सवार उनकी ६५ वर्षीया पत्नी चन्द्रिकादेवी यादव घाइते भएका छन्।
सुरुमा तीनै जनालाई विराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो।
प्रहरीका अनुसार चालक यादवको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि उनलाई शनिबार काठमाडौं रेफर गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।














Discussion about this post