इटहरी : खोटाङको हलेसी मन्दिर दर्शन गरेका तीर्थयात्री बोकेर फर्किदै गरेको गाडी दुर्घटनामा परेर मृत्यु हुने महिलाको पहिचान खुलेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा सिरहाको नहरा गाउँपालिका–३ की अन्दाजी ३० वर्षीया ममतादेवी यादव रहेकी छन् ।
घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा परेर गाडीमा यात्रा गरिरहेका अन्य १६ जना घाइते भएका छन् ।
प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौत्या खोलानजिक दुर्घटनामा परेको थियो ।
उक्त गाडी हलेसीबाट सिराहातर्फ जाँदै गरेको थियो । गाडीमा चालकसहित १८ जना यात्रु रहेका थिए ।














Discussion about this post