इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ मा बसको ठक्करबाट सिटी सफारीमा सवार इटहरीका पुरुषको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे १ ख २७९६ नम्बरको सूर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०२–००४ ह ४२२४ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको हो ।
ठक्करबाट इटहरी उपमहानगरपालिका ४ बस्ने वर्ष ६१ का तुलसीप्रसाद गुरागाईँको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सफारी चालक दुहबी नगरपालिका– ५ बस्ने वर्ष ४२ को बलबहादुर लिम्बु गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस र चालक सुन्दरहरैँचा– ७ बस्ने ४२ वर्षीय लेप्चन साहलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post