झापा : सर्पदंशबाट झापा गौरादहका एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका ४ जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङ रहेका छन्।
प्रहरीका अनुसार शनिबार करिब १० बजे आफ्नै घरको भान्सा कोठामा सामान सार्ने क्रममा तामाङलाई सर्पले टोकेको थियो।
उनलाई नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश उपचार केन्द्रमा पुर्याई प्रारम्भिक उपचार गरिएको थियो।
त्यसपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा लगिएकोमा चिकित्सकले राति ८ः३० बजे मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।














Discussion about this post