झापा : झापाको मेचीनगर नगरपालिका ७ सिद्धार्थ टोलस्थित पालिया खोलामा आइतबार एक महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार मृतक अन्दाजी ५०–५५ वर्षकी देखिन्छिन् । शव घोप्टो परेको अवस्थामा भेटिएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान गर्ने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।














Discussion about this post