इटहरी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फूल चौकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
सुनसरी प्रहरीका अनुसार मृत्यु हुनेमा ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा दुई जना र जिल्ला अस्पताल इनरुवामा एक महिलाको मृत्यु भएको हो । मृत्यु भएकाको पहिचान खुलेको छैन ।
आज (सोमबार) बिहान करिब ८ बजेतिर विराटनगर–राजविराज रुटमा चल्ने प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टा–दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। ठक्करपछि माइक्रोबसमा सवार अधिकांश यात्रु घाइते भएका थिए।
प्रहरीका अनुसार घटनामा चार जना गम्भीर घाइते भएका छन् भने १३ जना घाइते भएका छन् ।
हालसम्म प्राप्त तथ्यांक अनुसार जम्मा २० जनामध्ये ३ जनाको मृत्यु, ४ जना गम्भीर, १२ जना मध्यम र १ जना सामान्य अवस्थामा रहेका छन्।
यो पनि – सुनसरीमा बस र माइक्रो एकापसमा दुर्घटना, १३ जना घाइते, दुईको अवस्था गम्भीर














Discussion about this post