झापा : खोलामा बगेर झापाको दमक–१० जहदाका ११ वर्षीय धर्मेन्द्र प्रसाईँको मृत्यु भएको छ ।
बुधबार (आज) बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् ।
प्रहरीका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post