इटहरी : सुनसरीको इनरुवा नगरपालिकाको बसपार्क क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. १६ बस्ने १६ वर्षीय दीपेन्द्र चौधरी र वडा नं. ७ बस्ने १८ वर्षीय निरज चौधरी रहेका छन् ।
दीपेन्द्रको साथबाट २.५० ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरी राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post