Sunday, November 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

राष्ट्रिय गानका रचयिता व्याकुल माइला भन्दै ठगी गर्ने एक व्यक्ति इटहरीमा पक्राउ (भिडिओसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८२
in टाकुरा विशेष, समाचार
0
राष्ट्रिय गानका रचयिता व्याकुल माइला भन्दै ठगी गर्ने एक व्यक्ति इटहरीमा पक्राउ (भिडिओसहित)
237
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आफूलाई राष्ट्रिय गानका रचयिता व्याकुल माइला भन्दै ठगी गर्ने एक व्यक्ति इटहरीमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–६ का मिलन राई छन्।

राष्ट्रिय गानका वास्तविक रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) को नाम भँजाएर विभिन्न सरकारी कार्यालयमा किताब बेच्ने र पैसा असुल गर्ने काम गर्दै आएका मिलनलाई बिहीबार बिहान ११ः३० बजेतिर इटहरी उपमहानगरपालिका परिसरबाट नियन्त्रणमा लिइएको हो।

संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीका अनुसार दुई महिनादेखि खोजी भइरहेका मिलन यसअघि पनि इटहरी, धरानसहित विभिन्न ठाउँमा किताब बिक्री र भत्ता माग्दै ठगी गर्दै आएका थिए।

उनी आफूलाई ‘राष्ट्रिय गानको लेखक’ भन्दै प्रधानमन्त्री र राष्ट्रपतिबाट सम्मान पाएको दाबी गर्थे।

यसअघि पनि मिलनले चौदण्डीगढी र राष्ट्रपति कार्यालयसम्म पुगेर भत्ता माग्दै उजुरी दिएका थिए। केही वर्षअघि कपीराइट कार्यालयमा समेत उनलाई चेतावनी दिएर छाडिएको थियो।

वास्तविक लेखक व्याकुल माइला प्रदीपकुमार राईले यो कार्यले आफ्नो मात्र होइन, राष्ट्रकै मानमर्दन भएको बताए। उनले ठगी घटनाबाट बच्न सरकारको आधिकारिक वेबसाइटमा राष्ट्रगानका रचयिताको परिचय राख्न माग गरे।

‘मेरो मानमर्दन भएको छ,’ उनले भने, ‘मानमर्दन धान्न कति कुरा त्याग गरेको छु । यसरी हुर्मत लिनु समाजकै अपराध हो । मेरो अपमान हुनु सिङ्गो राष्ट्रको अपमान हो ।’

प्रहरीका अनुसार पक्राउ परेका मिलन राईविरुद्ध ठगी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

भिडिओ

Tags: #ठगीटाकुरा विशेषव्याकुल माइला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा
FEATURE BREAKING

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

by अर्जुन उप्रेती
कार्तिक २८, २०८३
0

नेपालको पश्चिमी हिमालयमा अवस्थित धौलागिरि हिमाल संसारको सातौँ अग्लो हिमाल मात्र होइन, यो विश्व पर्वतारोहण इतिहासको एउटा चुनौतीपूर्ण अध्याय पनि...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

by रासस
कार्तिक २७, २०८३
0

भद्रपुर (झापा) : भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको...

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

रुखबाट लडेर एक पुरुषको मृत्यु

कार्तिक २७, २०८३
विराटनगरमा संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय

विराटनगरमा कित्ताकाट खुल्यो, एक महिनाभित्र भू–सेवा पनि

कार्तिक २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1087 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.