इटहरी : श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आइतबार (आज) इटहरीमा राधाकृष्ण रथयात्रा निकालिएको छ ।
श्री राधाकृष्ण मन्दिरबाट सुरु गरिएको रथयात्रा नगर परिक्रमा गर्दै सम्पन्न भएको हो । रथयात्रामा सयौँ भक्तजनहरूको उल्लासपूर्ण सहभागिता थियो ।
इटहरीमा हरेक वर्ष परम्परागत रूपमा रथयात्रा निकालिँदै आएको छ । जनविश्वास अनुसार रथको डोरी छुँदा मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने मान्यता छ ।
यही विश्वासका कारण रथयात्रामा सबै जातजाति र भाषाभाषीको सहभागिता रहने गर्छ ।
मनोकामना पूरा हुने आशामा भक्तजनहरूले रथको डोरी तान्न तँछाडमछाड गर्ने परम्परा रहेको छ ।

भिडियाे














Discussion about this post