विराटनगर : विराटनगरमा राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेकामध्ये १९ जना पुरुष र ७ जना महिला रहेका छन् ।
उनीहरूलाई प्रहरी कार्यालयमा लगेर सोधपुछ भइरहेको छ ।
रथयात्रालाई लक्षित गर्दै विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सो क्रममा मोबाइल फोन र सुनको सिक्री हराएको उजुरीहरू दर्ता भएको प्रहरीले जनाएको छ ।
यस्तै, रथयात्राका भीडमा हराएका तीन बालकलाई पनि प्रहरीले सुरक्षित रूपमा परिवारमा बुझाएको छ ।














Discussion about this post