Tuesday, March 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सहज चरीचरन नहुँदा भेडापालक किसान समस्यामा

रासस by रासस
भदौ २, २०८२
in विविध, समाचार
0
भोजपुर : चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा

सांकेतिक तस्वीर ।

69
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन् । व्यावसायिक रुपमा भेडा पालन गरिरहेका किसानको पेसा नै सङ्कटमा परेको हो ।

चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडा पालन पेसा सङ्कटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताए । उनका अनुसार, दुई वर्षको अवधिमा करिब २० जनाले भेडा पालन व्यवसाय छाडेका छन् ।

कृषक कठेतले भने, “सामुदायिक वनमा चराउन शुल्क तिर्नुपर्छ । चरण क्षेत्रको अभावका कारण धेरैले व्यवसाय छाड्दै गएका छन् । चरनमा छाडा कुकुरले भेडा मारी दिँदा नोक्सानी भोग्नुपरेको छ ।”

मैयुङ क्षेत्रमा भोजपुर र खोटाङका १८ देखि २० जना मात्र अहिले व्यावसायिक रुपमा भेडा पालन गरिरहेका छन् ।

राज्यले संरक्षण नगरे यो पेसा सङ्कटमा पर्ने कठेतको भनाइ छ । मैयुङ क्षेत्रमा पर्ने सात वटा सामुदायिक वनमा शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। एउटा वनमा चराएबापत प्रति भेडी गोठ रु पाँच सयदेखि रु पाँच हजारसम्म शुल्क तिर्नुपर्छ ।

करिब तीन महिना मात्र सो क्षेत्रमा भेडा चराए एक वर्षको शुल्क तिर्नुपर्ने अवस्था छ । कृषक कठेतले भने, “वनका आआफ्ना नियम छन् । कसैले प्रति भेडा रु ५० लिन्छन्, कसैले एकमुष्ट लिने गरेका छन् ।”

छाडा कुकुर पनि भेडापालक किसानका लागि ठुलो चुनौती बनेको अर्का किसान शेरबहादुर कठेतले बताए ।

गत पुसदेखि हालसम्म कुकुरले यहाँका भेडी चोकका करिब एक सयको हाराहारीमा भेडा मारेको उनले बताए । उनले भने, “कुकुरले छिनभरमा भेडा मारिदिन्छ । स्थानीय सरकारले कुकुर नियन्त्रणमा ध्यान दिनुपर्छ ।”

भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिनुका साथै ऊनबाट बन्ने राडी, लुकुनीलगायत बिक्री गर्दै आएका छन् । एक सय वटासम्म भेडा भए वार्षिक रु चार लाखसम्म आम्दानी हुने कृषकको भनाइ छ ।

 

Tags: #भोजपुर#राससभेडाभेडापालन
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

उदयपुरमा हुरीबतासबाट दुई जनाको मृत्यु, ६ जना घाइते
समाचार

उदयपुरमा हुरीबतासबाट दुई जनाको मृत्यु, ६ जना घाइते

by रासस
चैत्र ३, २०८२
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्...

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा
FEATURE BREAKING

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा

by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८२
0

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई फागुन...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

चैत्र ३, २०८२
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

चैत्र ३, २०८२
स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

चैत्र ३, २०८२
कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

चैत्र ३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा हुरीबतासबाट दुई जनाको मृत्यु, ६ जना घाइते

उदयपुरमा हुरीबतासबाट दुई जनाको मृत्यु, ६ जना घाइते

चैत्र ३, २०८२
झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा

चैत्र ३, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

चैत्र ३, २०८२
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

चैत्र ३, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    389 shares
    Share 156 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    169 shares
    Share 68 Tweet 42
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    133 shares
    Share 53 Tweet 33

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.