Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशसभामा माओवादी सांसदको आरोप – ‘सरकार भागबण्डा र सेटिङमा व्यस्त, दुई दलीय गठबन्धन पूर्ण असफल’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ४, २०८२
in समाचार
0
कोशी प्रदेशसभामा माओवादी सांसदको आरोप – ‘सरकार भागबण्डा र सेटिङमा व्यस्त, दुई दलीय गठबन्धन पूर्ण असफल’
66
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेशसभा सदस्य रहेका दुर्गाप्रसाद चापागाईंले काँग्रेस–एमाले सम्मिलित वर्तमान सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् ।

कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता साझेदार दलहरू भ्रष्टाचारमा लिप्त रहेको गम्भीर आरोप लगाए । उनले दुई ठूला दलको गठबन्धनको एक वर्षे कार्यकालको चर्को आलोचना गरे ।

संघीय तथा प्रदेश सरकार सञ्चालनको एक वर्षलाई हेर्दा सरकार निरंकुश र स्वेच्छाचारी बन्दै गएको उनको दाबी छ ।

‘आज जहाँ सरकार, त्यहाँ भ्रष्टाचार भन्ने मान्यता स्थापित भएको छ,’ उनले भने, ‘यो गठबन्धन आफू र आफ्नालाई जोगाउन मात्र बनेको हो भन्ने कुरा प्रधानमन्त्री स्वयम्ले ‘हामी नमिलेको भए जेल हाल्ने तयारी थियो’ भनेर पुष्टि गरिसक्नुभएको छ ।’

चापागाईंले सरकारले संवैधानिक परिषदमा बहुमत पु¥याउन संघीय संसदमा एक महिला उपसभामुखलाई हटाउन खोजेको भन्दै त्यसको घोर निन्दा गरे ।

उनले दुई तिहाइको बलमा कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई समेत नियन्त्रणमा लिन खोजेको आरोप लगाए ।

‘संघमा जस्तै प्रदेशमा पनि सभामुख हटाएर सत्तापक्षबाटै नयाँ सभामुख बनाउने कसरत भइरहेको हल्ला छ,’ उनले भने, ‘यदि यो साँचो हो भने प्रदेशको अस्थिरतालाई थप मलजल नगर्न म प्रमुख दुई दललाई आग्रह गर्दछु ।’

प्रदेश सरकारले सरकारी कामकाजको भाषामा लिम्बू र मैथिली भाषालाई समावेश गर्न ल्याएको विधेयकको स्वागत गर्दै उनले सत्तापक्षलाई जस लिन हतारो भएको आरोप लगाए ।

उनले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता उपलब्धि माओवादी जनयुद्ध र यसका नेता प्रचण्डको देन हो । एउटा विधेयक ल्याएर जस लिन खोज्नुको अर्थ छैन, यसको जस युगयुगसम्म माओवादीले नै पाउनेछ ।’

प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष र लगानी सम्मेलनको उपलब्धिमाथि पनि उनले प्रश्न उठाए । ‘पर्यटन वर्षपछि कति पर्यटक भित्रिए ? लगानी सम्मेलनपछि कुन–कुन परियोजना सुरु भए र कति लगानी सुनिश्चित भयो ? यसको विवरण सरकारले सदनलाई दिनुपर्छ,’ उनले भने ।

उनले सरकार भागबण्डा र सेटिङमा व्यस्त रहेको तर प्रदेशको स्थायी संरचना निर्माणमा उदासीन रहेको आरोप लगाए ।

सत्तापक्षका नेताहरूबाटै आएका ‘प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच’ र ‘सहयात्री दलले सरकारी जग्गा देख्नै नहुने’ जस्ता अभिव्यक्ति स्मरण गराउँदै यस्तो राज्यदोहनबाट मुलुकलाई बचाउन सचेत नागरिकले विकल्प खोज्ने बेला आएको बताए ।

 

Tags: कोसी प्रदेशदुर्गाप्रसाद चापागाईंप्रदेशसभा बैठकमाओवादी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक १४, २०८३
0

झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ साबित्रा चोकमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । ट्रक र...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
समाचार

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    367 shares
    Share 147 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.