Tuesday, July 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी प्रदेशसभामा माओवादी सांसदको आरोप – ‘सरकार भागबण्डा र सेटिङमा व्यस्त, दुई दलीय गठबन्धन पूर्ण असफल’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ४, २०८२
in समाचार
0
कोशी प्रदेशसभामा माओवादी सांसदको आरोप – ‘सरकार भागबण्डा र सेटिङमा व्यस्त, दुई दलीय गठबन्धन पूर्ण असफल’
65
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेशसभा सदस्य रहेका दुर्गाप्रसाद चापागाईंले काँग्रेस–एमाले सम्मिलित वर्तमान सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् ।

कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता साझेदार दलहरू भ्रष्टाचारमा लिप्त रहेको गम्भीर आरोप लगाए । उनले दुई ठूला दलको गठबन्धनको एक वर्षे कार्यकालको चर्को आलोचना गरे ।

संघीय तथा प्रदेश सरकार सञ्चालनको एक वर्षलाई हेर्दा सरकार निरंकुश र स्वेच्छाचारी बन्दै गएको उनको दाबी छ ।

‘आज जहाँ सरकार, त्यहाँ भ्रष्टाचार भन्ने मान्यता स्थापित भएको छ,’ उनले भने, ‘यो गठबन्धन आफू र आफ्नालाई जोगाउन मात्र बनेको हो भन्ने कुरा प्रधानमन्त्री स्वयम्ले ‘हामी नमिलेको भए जेल हाल्ने तयारी थियो’ भनेर पुष्टि गरिसक्नुभएको छ ।’

चापागाईंले सरकारले संवैधानिक परिषदमा बहुमत पु¥याउन संघीय संसदमा एक महिला उपसभामुखलाई हटाउन खोजेको भन्दै त्यसको घोर निन्दा गरे ।

उनले दुई तिहाइको बलमा कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई समेत नियन्त्रणमा लिन खोजेको आरोप लगाए ।

‘संघमा जस्तै प्रदेशमा पनि सभामुख हटाएर सत्तापक्षबाटै नयाँ सभामुख बनाउने कसरत भइरहेको हल्ला छ,’ उनले भने, ‘यदि यो साँचो हो भने प्रदेशको अस्थिरतालाई थप मलजल नगर्न म प्रमुख दुई दललाई आग्रह गर्दछु ।’

प्रदेश सरकारले सरकारी कामकाजको भाषामा लिम्बू र मैथिली भाषालाई समावेश गर्न ल्याएको विधेयकको स्वागत गर्दै उनले सत्तापक्षलाई जस लिन हतारो भएको आरोप लगाए ।

उनले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता उपलब्धि माओवादी जनयुद्ध र यसका नेता प्रचण्डको देन हो । एउटा विधेयक ल्याएर जस लिन खोज्नुको अर्थ छैन, यसको जस युगयुगसम्म माओवादीले नै पाउनेछ ।’

प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष र लगानी सम्मेलनको उपलब्धिमाथि पनि उनले प्रश्न उठाए । ‘पर्यटन वर्षपछि कति पर्यटक भित्रिए ? लगानी सम्मेलनपछि कुन–कुन परियोजना सुरु भए र कति लगानी सुनिश्चित भयो ? यसको विवरण सरकारले सदनलाई दिनुपर्छ,’ उनले भने ।

उनले सरकार भागबण्डा र सेटिङमा व्यस्त रहेको तर प्रदेशको स्थायी संरचना निर्माणमा उदासीन रहेको आरोप लगाए ।

सत्तापक्षका नेताहरूबाटै आएका ‘प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच’ र ‘सहयात्री दलले सरकारी जग्गा देख्नै नहुने’ जस्ता अभिव्यक्ति स्मरण गराउँदै यस्तो राज्यदोहनबाट मुलुकलाई बचाउन सचेत नागरिकले विकल्प खोज्ने बेला आएको बताए ।

 

Tags: कोसी प्रदेशदुर्गाप्रसाद चापागाईंप्रदेशसभा बैठकमाओवादी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
FEATURE BREAKING

सुनसरीमा कर्फ्यू आदेश हटाइयो, निषेधाज्ञा भने कायमै

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज घटनापछि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा...

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू
समाचार

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही संवेदनशील क्षेत्रमा सोमबार रातिको समयमा कर्फ्यू जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी...

इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

अपराधको पराकाष्ठा : मोरङमा एक बालिकामाथि सामूहिक बलात्कार !

साउन ११, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनापछि सुरक्षा नेतृत्वमा व्यापक हेरफेर, सीडीओदेखि डीआईजीसम्म फिर्ता

साउन ११, २०८३
कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

साउन ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा कर्फ्यू आदेश हटाइयो, निषेधाज्ञा भने कायमै

साउन १२, २०८३
सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

साउन ११, २०८३
इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

अपराधको पराकाष्ठा : मोरङमा एक बालिकामाथि सामूहिक बलात्कार !

साउन ११, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

साउन ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    455 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.